काठमाडौंमा एकजना पुरुषको शव फेला

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १२ : ३४
काठमाडौंमा एकजना पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको बौद्धस्थित फूलबारीमा एक पुरुषको शव फेला परेको छ । ५६ वर्षीय छिरिङ कुमार लामा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले जानकारी दिए ।  

काठमाडौं महानगरपालिका–६ स्थित धाराटोल घर भएका लामाको शव कानबाट रगत बगेको अवस्थामा भेटिएको छ । बिहीबार बिहान निस्केका लामा साँझ घर फर्केका थिएनन् ।

मदिरा सेवनको लत लागेका लामाको शव फूलबारी स्थित खाली रहेको जस्ताको छाप्रोमा फेला परेको हो । उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको एसपी बस्नेतले बताए । 
 

प्रतिक्रिया दिनुहोस