बुटवल । निषेधाज्ञा उल्लंघन गर्ने ३ जनालाई रुपन्देहीमा कारागार चलान गरिएको छ । जरिवाना बुझाउन नसकेको भन्दै उनीहरुलाई कारागार चलान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम सजाय गरेको थियो ।
तीमध्ये ५ जना जरिवाना बुझाएर छुटे भने अरू ३ जनाले जरिवाना बुझाउन नसकेपछि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
निषेधाज्ञा उल्लंघन गर्ने ७ पुरुष र १ महिलालाई सम्झाइबुझाइ गर्दा प्रहरी अधिकृतलाई समेत काममा बाधा पुर्याएको भन्दै उनीहरुलाई कैद सजाय माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ बैशाख २०७८, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
रवि लामिछाने भैरहवा कारागार चलान
चितवन कारागारमा एक सय पचासभन्दा बढी दीर्घरोगी
कारागारका कैदीबन्दी आयआर्जनमा
दार्चुला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी
क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दी