दार्चुला । जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।
‘घ’ श्रेणीको कारागारमा २५ पुरुष र १५ महिला राख्ने क्षमता छ । तर, हाल कारागारमा ८५ जनालाई राखिएको छ । यसबाट कैदीबन्दीले पाउनुपर्ने आधारभूत सुविधा उपलब्ध गराउन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ ।
जिल्ला कारागारका जेलर केशवराज अवस्थीका अनुसार विसं २०४२ मा बनेको कारागारमा ५४ कैदी तथा ३१ थुनुवा छन् । जबर्जस्ती करणीको अभियोग लागेका एक जना विदेशी कारागारमा रहेका छन् ।
'थुनुवाको सङ्ख्या बढ्दा व्यवस्थापन जटिल बनेको छ । ढिलो मुद्दाको फैसलाका कारण थुनुवा बढेका छन्,' उनले भने ।
जिल्ला बाहिरबाट समेत कैदीबन्दी ठाउँसारी गरेर ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन कारागारमा एक सय पचासभन्दा बढी दीर्घरोगी
कारागारका कैदीबन्दी आयआर्जनमा
क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दी
गौर कारागारमा पानी पसेपछि कैदी बन्दी छतमा
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि कारागार चलान
कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी