कैलाली । कैलालीमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिका ११ का ६३ वर्षीय पुरुष र लम्कीचुहा १ का ४२ वर्षीय पुरुषको सङ्क्रमणबाट मृत्यु भएको हो ।
गोदावरीका पुरुषको भेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लम्की चुहाका पुरुषको भने सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । पछिल्लो समय कोरोना सङ्क्रमणबाट कैलालीमा ज्यान गुमाउनेहरूको सङ्ख्या बढिरहेको छ । बिहीबार मात्रै कैलालीमा ७ जना संक्रमितको निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ बैशाख २०७८, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा कोरोना संक्रमित भेटिएपछि नाकामा बढाइयो निगरानी