चितवनमा आजदेखि निषेधाज्ञा सुरु

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, ०८ : १४
चितवनमा आजदेखि  निषेधाज्ञा सुरु

चितवन । आजदेखि चितवनमा  निषेधाज्ञा  सुरु भएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन थालेपछि वैशाख ३१ गते सम्मको लागि निषेधाज्ञ जारी गरेको हो ।

चितवन प्रशासनले लगाएको यो निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक हिँडडुल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।निषेधाज्ञाको समयमा  अत्यावश्यक वस्तु बिक्री गर्ने पसलहरु बिहान ६ बजेदेखी ९ बजेसम्म मात्रै खुल्न पाउने भएका छन् ।

तरकारी , फलफुल, खाद्यान्न, माछा,मासु, अण्डा, पानी र निर्माण सामाग्री बिक्री वितरण गर्ने पसल प्रत्येक दिन बिहान ६ बजेदेखी बिहान ९ बजेसम्म मात्रै संचालन पाइने व्यस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस