हट्यो खुल्लामञ्चको बसपार्क

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, ०७ : ४१
हट्यो खुल्लामञ्चको बसपार्क

काठमाडौं । काठमाडौंको मध्यभागमा अवस्थित खुल्लामञ्चभित्रको बसपार्क हटेको छ ।काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा रहेको सिटी बसपार्क हटाएको हो । बसपार्क हटेसँगै अब खुल्लामञ्चलाई पुरानै अवस्थामा फर्काइने महानगरपालिकाले जनाएको छ ।

खुल्लामञ्चको बसपार्क हटाइएसँगै अब खुल्लामञ्च प्रयोग गर्दै आएका छोटो दूरीका बसलाई पिक एन्ड ड्रप प्रणाली लागू गरिने भएको छ भने मध्यम दूरीका बसलाई नयाँ बसपार्क गोंगबुमा सारिने भएको छ । पिक एन्ड ड्रप प्रणालीमा चल्ने गाडीहरूका सार्वजनिक सूचना प्रकाशन गरेर महानगरले निवेदन माग गरेको थियो । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस