कोभिड भ्याक्सिन नेपाललाई बिक्री गर्न ४ कम्पनीको प्रस्ताव

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, ०७ : १६
कोभिड भ्याक्सिन नेपाललाई बिक्री गर्न ४ कम्पनीको प्रस्ताव

काठमाडौं । कोभिड–१९ प्रतिरोधात्मक भ्याक्सिन खोप नेपाललाई बिक्री गर्न ४ कम्पनीको प्रस्ताव परे पनि सरकारले भने निर्णय गर्न सकेको छैन । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने पछिल्लो समय बिचौलियाका कारण खोप खरिदको निर्णय हुन नसकेको बताउँदै आएका छन् ।

त्यस्ता बिचौलियाको पहिचान तथा विवरण सार्वजनिक भने गरेका छैनन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार खोप बिक्री गर्न चाहने चारवटा कम्पनीका प्रस्ताव थन्किएर बसेको छ । ‘रुस, चीन र भारतका दुई उत्पादकको खोप खरिदका लागि मूल्यसहितको प्रस्ताव पेस भइसकेको छ,’ स्रोतले भन्यो, ‘निर्णय भने भएको छैन ।’कान्तिपुरमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस