नेपालको पहिलो विद्युतीय यात्री मोटरसाइकलको बुकिंग खल्ती वालेटबाटै गर्न सकिने

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, १७ : ५७
नेपालको पहिलो विद्युतीय यात्री मोटरसाइकलको बुकिंग खल्ती वालेटबाटै गर्न सकिने

काठमाडौं । नेपालको पहिलो विद्युतीय बाइक यात्री मोटरसाइकलको बुकिंग खल्ती डिजिटल वालेटबाट सकिने भएको छ । यात्री मोटरसाइकलले पहिलो चरणमा १ हजार बाइकको बुकिंग लिने छ । कम्पनीले सुरूमा १० हजार रूपैयाँ भुक्तानी गरेर बाइकको बुकिंग गर्न सकिने व्यवस्था मिलाएको छ । 

कम्पनीले सुरुवाती समयमा पी जेरो र पी वान गरी दुई वटा मोडेल बजारमा ल्याएको छ । कम्पनीको प्रिमियम बाइक पी जेरोको मूल्य १९ लाख ४९ हजार रुपैयाँ राखिएको छ । यस्तै पी वानको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ । कम्पनीले अहिले अर्डर गरेको मोटरबाइक ४ महिनामा उपलब्ध गराइने जनाएको छ । 

यात्री पी जेरो मोडेलको मोटरबाइक एक पटकको चार्जमा २३० किलोमिटर गुड्नसक्ने कम्पनीले जनाएको छ । सुरुवाती २ सेकेन्डमै ६० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्ने यो बाइक अधिकतम १४० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने कम्पनीको दाबी छ । यसको तौल १९५ केजी छ । त्यस्तै यात्री पी वान मोटरसाइकल एक पटक चार्ज गर्दा १२० किलोमिटरसम्म गुड्न सक्छ । 

खल्तीका सहायक प्रबन्धक जोनाम भूर्तेल नेपालको पहिलो विद्युतीय मोटरवाइकको प्रिबुकिंग प्लेटफर्म खल्तीलाइ बनाउन पाउँदा आफूहरू उत्साहित भएको बताउँछन् । ‘नेपाली विद्युतीय मोटरबाइकको लामो प्रतिक्षा गरिरहेका ग्राहकले अब खल्ती मोवाइल एपबाटै त्यसको बुकिंग गर्न सक्ने भएका छन्,’ उनले भने, ‘यसरी प्रिबुकिंग गर्न पाउने सुविधा खल्ती वालेटमा मात्रै उपलब्ध छ ।’
 

प्रतिक्रिया दिनुहोस