काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, १६ : ३७
काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको अवधिभर महानगरबासिलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।काठमाडौं महानगरपालिकाले बिहिबारदेखि महानगरबासिका लागि १० वटा निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघसँग बिहिबारदेखि १० वटा एम्बुलेन्स निःशुल्क सञ्चालन गर्नको निम्ति सम्झौता गरेको हो ।

निषेधाज्ञाको समयमा काठमाडौंबासिलाई पर्ने स्वास्थ्य समस्या समाधानका लागि घरबाट अस्पताल, अस्पतालबाट घर र अस्पतालबाट अस्पताल सम्मको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले बताए ।
महानगरपालिकाले बैशाख १६ गतेदेखि १५ दिनसम्म निःशुल्क एम्बुलेन्स सेवा दिने भएको हो ।

महानगरपालिकाले १५ दिनका लागि प्रति एम्बुलेन्स एकमुष्ठ कर सहित १ लाख २१ हजार रुपैँया संयुक्त एम्बुलेन्स चालक संघलाई दिइने सम्झौतापत्रमा उल्लेख गरिएको छ । एम्बुलेन्सले काठमाडौं महानगरपालिका भित्र २४ सैं घण्टा सेवा प्रदान गर्ने जनाइएको छ ।

महानगर प्रमुख बिद्यासुन्दर शाक्यले कहिँकतैबाट पनि गुनासो नआउनेगरी सेवा दिन एम्बुलेन्स चालकहरुलाई आग्रह गरे । कसैलाई हेलचेक्र्याई र दुव्र्यवहार नगरी सेवा प्रवाह गर्न उहाँले निर्देशन समेत दिए ।
 

प्रतिक्रिया दिनुहोस