पछिल्लो २४ घन्टामा चितवनमा थपिए १३९ जना कोरोना संक्रमित

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, १६ : ११
पछिल्लो २४ घन्टामा चितवनमा थपिए १३९ जना कोरोना संक्रमित

चितवन । पछिल्लो २४ घन्टामा चितवनमा थप १३९ जना कोरोना संक्रमित भएका छन् । भरतपुर महानगरपालिकामा मात्र ११८ जना कोरोना संक्रमित भएका छन् ।

यस्तै, खैरहनी नगरपालिकामा ४ जना, रत्ननगर नगरपालिकामा ११ जना र राप्ती नगरपालिकामा ६ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवनमा हालसम्म कोरोनाका कारणले ११६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको भनाइ छ ।

चितवनमा जम्मा संक्रमितको संख्या सात हजार ६९२ पुगेको छ  ८५२ जना निको भई घर फर्किएका छन् ।  ६७२ जना घरमा आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस