एकै परिवारका ७ जनामा कोरोना संक्रमित, आमाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, १५ : ४२
एकै परिवारका ७ जनामा कोरोना संक्रमित, आमाको मृत्यु

सुनसरी । इनरुवा नगरपालिका–३ का  एक परिवारका सबै सदस्य कोरोना संक्रमित भएका हुन्।संक्रमित मध्ये बुधबार होम आइसोलेसनमा बसेकी आमाको मृत्यु  भएको छ ।

कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेकी ८४ वर्षीय वृद्धाको मृत्यु भएको वडा अध्यक्ष कालुराम गुरुङले जानकारी दिए। गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै परिवारका सबै सदस्यलाई कोरोना देखिएको थियो । घरमा बसेकी वृद्धाको बुधबार बेलुका मृत्यु भएको हो ।

वृद्धाका छोराको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि  अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस