काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने माथि कारवाही, १८ सयभन्दा बढी सवारी साधन नियन्त्रणमा

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, १४ : २६
काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने माथि कारवाही, १८ सयभन्दा बढी सवारी साधन नियन्त्रणमा

काठमाडौँ । निषेधाज्ञा विपरित सवारी चलाएको भन्दै काठमाडौँ उपत्यकामा प्रहरीले बिहीबार दिउँसोसम्म १८ सयभन्दा बढी सवारी साधन नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरी महाशाखा प्रवक्ता श्याम अधिकारीले १८ सय २३ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जानकारी दिए। तीमध्ये १३ सय २६ मोटरसाइकल, एक सय ३६ वटा बस तथा लहरी र ३ सय ६७ वटा चार पाङ्ग्रे सवारी साधन रहेको उनले जानकारी दिए।

बिहीबारदेखि लागु गरिएको निषेधाज्ञालाई कडाईका साथ कार्यान्वयन गर्न सडकमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिती र जाँच भइरहेको छ। प्रवक्ता अधिकारीले नियन्त्रणमा लिइएका सवारी साधनलाई साँझ ७ बजेपछि छाड्ने बताए।

कोरोना भाइरस महामारीको दोस्रो लहर नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा सुरु गरिएको निषेधाज्ञा कम्तिमा बैशाख मसान्तसम्म कायम रहने छ।

प्रतिक्रिया दिनुहोस