निषेधाज्ञामा उपत्यकाका पेट्रोल पम्प खुला रहने

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, १४ : २०
निषेधाज्ञामा उपत्यकाका पेट्रोल पम्प खुला रहने

काठमाडौं । बिहीबारबाट सुरु निषेधाज्ञामा पनि उपत्यकाका पेट्रोल पम्प खुला रहने भएको छ । निषेधाज्ञाको बेला सञ्चालनमा आउने अत्यावश्यक ढुवानीलाई इन्धन वितरण सहज बनाउन पेट्रोलियम पदार्थको बिक्री वितरण जारी राख्ने निर्णय भएको नेपाल आयल निगमले जनाएको छ ।

उपत्यकामा पेट्रोलियम पदार्थको बिक्री नियमित गर्न बागमती प्रादेशिक डिपो थानकोटलाई निर्देशन दिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

‘निषेधाज्ञाको समयमा पनि पम्पहरु सञ्चालनमा आउने छन्, अत्यावश्यक सेवाका सवारीले इन्धन अभाव झेल्नुपर्ने छैन,’ पौडेलले भने । साथै देशैभर केहीदिनदेखि पेट्रोलियम पदार्थको खपत र मौज्दात बढेको भन्दै उनले इन्धनको आपूर्तिमा कुनै समस्या नरहेको र इन्धन पाइँदैन कि भन्ने चिन्तामा नपर्न उपभोक्तालाई आग्रह समेत गरे ।


 

प्रतिक्रिया दिनुहोस