सरकारले गर्यो मधेस आन्दोलनका मुद्दा फिर्ता गर्ने निर्णय

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, १५ : १४
सरकारले गर्यो मधेस आन्दोलनका मुद्दा फिर्ता गर्ने निर्णय

काठमाडौं । सरकारले जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षधर नेताहरुको माग बमोजिम मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारीवादी भई चलाइएका १५ वटा मुद्दामा संलग्न १२० जना व्यक्तिको मुद्दा फिर्ता लिने निर्णय भएको बताए ।

मुद्दा फिर्ता सम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेभसाइटमा राखिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस