एमाले केन्द्रीय सदस्य माधव ढुंगेललाई पनि कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, १३ : ४७
एमाले केन्द्रीय सदस्य माधव ढुंगेललाई पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं । वैशाख १० गते केन्द्रीय कमिटी बैठकमा भाग लिएका नेकपा एमालेका अर्का एक केन्द्रीय सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि सोही बैठकमा सहभागी नेताहरू टोपबहादुर रायमाझी, खिमलाल भट्टराई र विष्णु रिजालमा पनि संक्रमण पुष्टि भएको थियो । रायमाझी बाहेक सबै होम आइसोलेसनमा छन् ।


 

प्रतिक्रिया दिनुहोस