कर्णालीमा थप तीनजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, १० : ५८
कर्णालीमा थप तीनजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

file photo

सुर्खेत । कर्णालीमा थप तीन जनाको कारोना संक्रमण भई मृत्यु भएको छ । सुर्खेतमा २ र दैलेखमा एक जना गरी तीन जनाको मृत्यु भएको हो । प्रदेश अस्पताल सुर्खेतमा  उपचाररत दुईजना कोरोना संक्रमित बिरामीको गएराति मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डाक्टर के एन पौडेलका अनुसार दुई जनाको मृत्यु भएको हो ।

उनका अनुसार भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको मृत्यु भएको हो ।  भेरिगंगाका बिरामी बैशाख ५ र वीरेन्द्रनगरका विरामी बैशाख ११ गतेदेखि सो अस्पतालमा उपचाररत थिए ।

यस्तै, दैलेखमा पनि बुधबार बिहान  ७५ वर्षीय एकजना पुरुषको मृत्यु भएको छ ।  कोरोना संक्रमणपछि उपचाररत दैलेखको नारायण नगरपालिका–१ पुरानो बजार निवासी ती पुरुषको मृत्यु भएको हो ।  

उनलाई हिजो मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । दैलेख कोरोना अस्पतालमा अक्सिजनसहित उपचार गराइए पनि उनको निधन भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका  निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थिरप्रसाद रेग्मीले जानकारी दिए । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस