पर्सामा थप दुईजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, ०९ : १८
पर्सामा थप दुईजना कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज । पर्सामा कोरोना संक्रमणका कारण उचारको क्रममा थप २ जनाको मृत्यु भएको छ । सर्लाहीका एक पुरुष र बाराकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । 

सर्लाही वडा नम्बर ४ स्थित धनगढा बस्ने ४३ बर्षीय पुरूषको  बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । ती पुरुषलाई मंगलबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

त्यस्तै, बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ बस्ने ३० वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  बैशाख १३ गते भर्ना गरिएको थियो । उनलाई सोही दिन कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनको उपचारको क्रममा मध्यरातमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस