नेपालगञ्जमा थप दुईजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, ०९ : ०५
नेपालगञ्जमा थप दुईजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

नेपालगञ्ज ।  नेपालगञ्ज स्थित भेरी अस्पतालमा मंगलबार दुई जना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार नेपालगञ्जका दुई जनाको भेरीमा मृत्यु भएको हो ।

वैशाख ८ गते पीसीआर गरेपछि ९ गते भेरीमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ का ३९ वर्षीया महिलाको राति साढे १० बजे मृत्यु भएको छ । 

त्यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का ६५ वर्षीय पुरुषको राती ११ बजे मृत्यु भएको छ । चैत्र ३२ गते पीसीआर जाँच गरेका पुरुषलाई वैशाख ६ गते भेरीमा भर्ना गरिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस