ऊर्जामन्त्री रायमाझीलाई कोरोना, सैनिक अस्पताल भर्ना

सफल खबर संवाददाता

मंगलबार, १४ बैशाख २०७८, १२ : ५९
ऊर्जामन्त्री रायमाझीलाई कोरोना, सैनिक अस्पताल भर्ना

file-photo

काठमाडौँ । ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा मन्त्री रायमाझी र परिवारका सदस्य तथा सचिवालयका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्री रायमाझीको स्वास्थ्य अवस्था सामान्य रहेको र सावधानीका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको स्वकीय सचिव लीला जीसीले जानकारी दिए ।

सोमबार मन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका केही सदस्यले स्वाबको नमुना परीक्षणका लागि दिनु भएको थियो । मन्त्रीज्यू, परिवार र सचिवालयका केही सदस्यलाई कोरोना पुष्टि भएको छ,उनले भने ।

प्रतिक्रिया दिनुहोस