विवाह–व्रतबन्ध गर्न प्रशासनको स्वीकृति अनिवार्य, १५ जनामात्रै भेला हुन पाउँने

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, २० : ०७
विवाह–व्रतबन्ध गर्न प्रशासनको स्वीकृति अनिवार्य, १५ जनामात्रै भेला हुन पाउँने

काठमाडौं । काठमाडौं उपत्यकामा विवाह र व्रतबन्धको कार्यक्रम गर्नुपरेमा १५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरिएको छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको आदेशमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने उल्लेख छ ।

‘विवाह व्रतबन्धको कार्यक्रमका लागी पूर्व अनुमति लिनुपर्छ’ काठमाडौंका प्रजिअ काली प्रसाद पराजुलीले भने, ‘स्थानीय प्रशासनको अनुमतिपछि थोरै मान्छे भेला भएर विवाह र व्रतबन्धको कार्यक्रम गर्न दिने निर्णय गरेका छौं ।

प्रतिक्रिया दिनुहोस