नेप्से परिसूचक भारी अंकले घट्यो , नआत्तिन ठूला लगानीकर्ताको सुझाव

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १६ : ०८
नेप्से परिसूचक भारी अंकले घट्यो , नआत्तिन ठूला लगानीकर्ताको सुझाव

काठमाडौं । लकडाउनको हल्लासँगै नेप्से परिसूचक भारी अंकले घटेको छ । आइतबार परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ विन्दुमा रोकिएको छ ।

आइतबार १ करोड ४६ लाख ९० हजार ७२० कित्तामा ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रकचर बैंकको कारोबार ३९ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी ज्योति लाइफ इन्स्योरेन्सको ३३ करोड रुपैयाँ बारबरको भएको छ ।

सबैभन्दा धेरै कुमारी बैंकको प्रमोटर शेयरले कमाएको छ । यसैगरी महिला लघुवित्त र विशाल बजार कम्पनीको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ । चन्द्रागिरीको शेयर मूल्य सबैभन्दा धेरै करिब ९ प्रतिशतले घटेको छ । आज सबै समूहको उपपरिसूचक रातो भएको छ ।

लगानीकर्ता विमल पाण्डेका अनुसार लकडाउनको डरले ठूला लगानीकर्ता निस्क्रिय भएको र सानाहरु आत्तिदा नेप्सेमा गिरावट आएको हो ।‘बजारमा लकडाउनको हल्ला छ । तर, डर मान्नु पर्ने अवस्था छैन । २६०० माथि पुगेको बजारमा २० र ५० को अंकले घटबढ भइरहन्छ,’ उनले भने । उनका अनुसार बजारमा धेरै प्रतिशतमा कारोबार रकम घट्यो भने अलि डराउनु पर्छ नभए लगानीकर्ताले यस्तो घटबढलाई सामान्य मान्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस