प्रदेश २ मा एमालेको हेरफेर ,अध्यक्षको जिम्मेवारी  साह र इन्चार्जको जिम्मेवारी महासेठलाई

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १८ : १५
प्रदेश २ मा एमालेको हेरफेर ,अध्यक्षको जिम्मेवारी  साह र इन्चार्जको जिम्मेवारी महासेठलाई

काठमाठौं । नेकपा एमालेले प्रदेश २ कमिटीमा हेरफेर गरेको छ । दुई दिनसम्म बसेर शुक्रबार सकिएको एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठले प्रदेश कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको हो ।

प्रदेश इन्चार्जको जिम्मेवारी रघुविर महासेठले पाएका छन्। यसअघि सत्यनारायण मण्डल प्रदेश इन्चार्ज थिए । मण्डल लामो समयदेखि प्रदेश २ को इन्चार्ज रहँदै आएका थिए । त्यस्तै अध्यक्षको जिम्मेवारी ज्वालाकुमारी साहले पाएकी छिन् । साह यसअघि नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य थिइन् । एमालेमा प्रवेश गरेपछि माओवादीले उनलाई प्रदेशसभा सदस्यबाट हटाएको थियो ।

यसअघि माओवादी केन्द्रबाट आएका प्रभु साह प्रदेश कमिटी अध्यक्ष थिए। प्रदेश सचिव भने समुन प्याकुरेल यथावत छन् ।यसअघिका इन्चार्ज मण्डल र अध्यक्ष साहलाई अन्य जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस