महेश बस्नेतले पाए पार्टीका दुई महत्वपूर्ण संगठनहरूको इन्चार्जको जिम्मेवारी

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १७ : ०६
महेश बस्नेतले पाए पार्टीका दुई महत्वपूर्ण संगठनहरूको इन्चार्जको जिम्मेवारी

काठमाडौं ।नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीका दुई महत्वपूर्ण संगठनहरूको इन्चार्जको जिम्मेवारी पाएका छन् ।शुक्रबार तोकिएको जिम्मेवारी अनुसार बस्नेत युवा संघ नेपाल र नेपाल खेलकुद महासंघआवद्ध संगठनहरूको इन्चार्ज बनेका छन् ।

युवा संघको पूर्व अध्यक्षसमेत रहेका बस्नेत पार्टी एकताकै बेला पनि युवा इन्चार्ज रहेका थिए । युथ फोर्सको संस्थापक संयोजक समेत रहेका बस्नेत पूर्वउद्योगमन्त्री समेत हुन् ।

बस्नेत निकट युवा संघका पूर्व अध्यक्ष रमेश पौडेल हालै नेपाल खेलकुद महासंघको अध्यक्षमा निर्वाचित भएका थिए । एमाले केन्द्रीय सदस्य बस्नेत भक्तपुर २ बाट प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् ।

प्रतिक्रिया दिनुहोस