राष्ट्रिय सभाको उपनिर्वाचन जेठ ६ मा

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १९ : ११
राष्ट्रिय सभाको उपनिर्वाचन जेठ ६ मा


काठमाडौं । राष्ट्रिय सभाको उपनिर्वाचन जेठ ६ मा हुने भएको छ ।

राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो । मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए ।

उपचुनाव घोषणा गरेको आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको छ ।