प्रधानमन्त्री ओली र नेपालबीच दोस्रो वार्ता सुरु

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १४ : ३१
प्रधानमन्त्री ओली र नेपालबीच दोस्रो वार्ता सुरु

काठमाडौं । नेकपा एमालेको विभाजन रोक्ने प्रयासस्वरूप अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको दोस्रो दिनको वार्ता सुरु भएको छ ।

नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच केही बेरअघि वार्ता सुरु भएको हो । ओली र नेपालबीच आज हुने वार्ताले एमाले एकताबद्ध रहने वा नरहने तय गर्ने भएकाले यसलाई निर्णायक ठानिएको छ ।

बुधबार ओली र नेपालबीच भएको भेटले लामो संवादहिनता तोडेको छ। हिजोको वार्तामा नेता नेपालले आफ्नो टिमका नेताहरूसँग छलफल गर्ने समय मागेपछि वार्ता निष्कर्षमा पुगेको थिएन ।

प्रतिक्रिया दिनुहोस