एमाले विभाजनको उत्कर्षमा पुगेका बेला केपी ओली र माधव नेपालबीच वार्ता, अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी

सफल खबर संवाददाता

बुधबार, ०८ बैशाख २०७८, १७ : ५२
एमाले विभाजनको उत्कर्षमा  पुगेका  बेला केपी ओली र माधव नेपालबीच वार्ता, अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी

काठमाडौं । नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । वार्तामा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी भएका छन् । नागपोखरीस्थित होटल मारियटमा वार्ता भइरहेको उच्च स्रोतले जनाएको छ । 

मंगलबार मात्र ओलीले नेपालसहित ३२ जना सांसदलाई प्रष्टीकरण सोधेका थिए । पार्टीभित्र देखिएको बढ्दो विवादलाई आइसब्रेक गर्दै ओली र नेपाल छलफलमा जुटेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस