काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेव यादवलाई दिइएको छ ।निर्वाचन समितिका संयोजक रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा पूर्वमहान्यायाधिवक्ता यादवलाई जिम्मेवारी दिने सहमति कांग्रेस शीर्ष नेताहरूबीच भएको हो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेसका पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठकले निर्वाचन समितिको संयोजक चयन गरेको हो ।
अधिकारीको राजीनामापछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेलाई नै संयोजक बनाउनुपर्ने अडान राखेको थियो । लामो समयको छलफलपछि आज यादवको नाममा सहमति जुटेको हो ।
बैठकले यसअघि निर्वाचन समितिले समायोजन टुंग्याउन नसकेर पार्टीलाई नै जिम्मा लगाएको विवाद पुनः निर्वाचन समितिबाटै टुंगो लगाउने सहमति पनि गरेको छ । बैठकमा सहभागी नेताहरूले राजनीतिक विषयमा के कस्तो छलफल भयो ? भन्ने जानकारी दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ बैशाख २०७८, १३ : ४२
लेखकबाट थप