काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक सुरु भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा साँझ ६ः३० बजेबाट बैठक सुरु भएको हो । अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक साढे २ घण्टा ढिलो गरि सुरु भएको हो । बैठकले १४ औं महाधिवेशन सन्दर्भमा निर्णय लिने छ । क्रियाशील सदस्य वितरण र नवीकरण सूचीकृत गर्ने समय थप गरिने भएको छ ।
बैशाख १५ गतेसम्म अन्तिम मिति राखेर समय थपिन लागेको हो । काँग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरीका अनुसार उक्त मितिमा क्रियाशील सदस्य सूचीकृत नगराउने जिल्लाले महाधिवेशनमा भाग लिने पाउने छैनन् ।
पार्टीको निर्वाचन समिति संयोजकको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा भने बैठकमा छलफल हुने चौधरीले जानकारी दिए । बैठकमा समसामयिक राजनीति विषय पनि छलफल हुने उनको भनाइ छ ।निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले चैत २० गतेको केन्द्रीय समितिमा राजीनामा बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ बैशाख २०७८, १९ : ००
लेखकबाट थप