जसपाका नेता कार्यकर्ताविरुद्ध लागेको मुद्धा फिर्ता लिने सरकारको तयारी

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १२ : १३
जसपाका नेता कार्यकर्ताविरुद्ध लागेको मुद्धा फिर्ता लिने सरकारको तयारी

काठमाडौं । सरकारले मधेस तथा थरुहट–थारुवान आन्दोलनका क्रममा संलग्न भएकामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जसपाका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । 

केही दिनअघि जसपाको माग पूरा गर्न सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका नेता महन्थ ठाकुरलगायतबीच भएको छलफलका क्रममा ओलीले जसपाका नेता कार्यकर्ताविरुद्ध रहेका मुद्दा फिर्ता लिन सहमति भएको थियो । 

सोही अनुसार जसपाले विभिन्न २४ किसिमका मुद्दामा २०८ जनाको मुद्दा फिर्ता लिन आग्रह गर्दै गृह मन्त्रालयमा फाइल पेश गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस