मन्त्रिपरिषद् बैठक बस्दै, विद्यालय बन्द बारे निर्णय हुनसक्ने आँकलन

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, ०८ : ५०
मन्त्रिपरिषद् बैठक बस्दै, विद्यालय बन्द बारे निर्णय हुनसक्ने आँकलन

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको हो । एक मन्त्रीका अनुसार आजको बैठकमा कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल केन्द्रीत हुनेछ । 

शनिबार बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको थियो । सो बारे बैठकमा आवश्यक छलफल गरेर निर्णय हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस