बादलले लिए सपथ

सफल खबर संवाददाता

आइतबार, ०५ बैशाख २०७८, १८ : २६
बादलले लिए सपथ

काठमाडौं । गृहमन्त्रीमा पुन नियुक्त भएका रामबहादुर थापा ‘बादल’ ले सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा बादललाई पद तथा गोपनियताको सपथ गराएकी छन् ।

सपथ लिन बादल नेपाली पोशाक दौरासुरुवालमा उपस्थित भएका थिए । यसअघि सामान्यतया माओवादीका मन्त्रीहरूले सपथमा सुटपेन्ट लगाउने गरेका थिए ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि माओवादीको कारवाहीको पत्रानुसार संसद सचिवालयले आज बिहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको थियो ।

उनलाई आजै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनस् गृहमन्त्रीमा नियक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस