काभ्रेमा खनाल–नेपाल पक्षको समानान्तर कमिटी गठन

सफल खबर संवाददाता

आइतबार, ०५ बैशाख २०७८, १६ : २१
काभ्रेमा खनाल–नेपाल पक्षको समानान्तर कमिटी गठन

काठमाडौं । काभ्रेमा नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको समानान्तर कमिटी गठन गरिएको छ । बनेपामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलाबाट टोक बहादुर वाइवाको अध्यक्षतामा २११ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो । 

साथै पालिका स्तरको समानान्तर कमिटीका साथै युवा, विद्यार्थी, किसानलगायतका संगठनको पनि जिल्ला कमिटीको घोषणा गरिएको खनाल–नेपाल समूहले जनाएको छ । भेलामा  वरिष्ठ नेता माधव नेपाल, नेत्री अष्टलक्ष्मी शाक्यसहित कृष्ण प्रसाद सापकोटा, विदुर सापकोटा लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस