काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन् । संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाउँदै उनकै कारण संसद बन्दक बनेको ओलीले आरोप लगाए ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बोलाइएको सर्वदलीय बैठकमा ओलीले सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको समेत दावी गरे । बैठकमा सहभागी भएर बाहिरिएका राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाएको जानकारी दिए ।
‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन भन्ने प्रधानमन्त्रीको भनाइ रह्यो’, डा लोहनीले प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भने,‘ यसको निकाश कसरी खोज्ने भनेर दलहरुसँग राय माग्नुभयो । सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आक्रोश पोख्नुभयो । ’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ बैशाख २०७८, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?
पूर्व राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको दुई घण्टा लामो वार्ता
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता
चीनमा नेपाली चिया निर्यात गर्न सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री ओली
बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियानलाई प्रधानमन्त्री ओलीले दिए शुभकामना
प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतको बिदाइ भेट