काठमाडौं ।अटोमा लैजाँदै गरेको २३ किलो गाँजासहित हेटौंडाबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुईजना महिला छन् ।हेटौंडा उपमहानगरपालिका–११ मा बुधबार ना १ ह ९०९९ नम्बरको अटो चेकजाँच गर्नेक्रममा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेपछि अटोसहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा अटोचालक हेटौंडा उपमहानगरपालिका–११ का ४० वर्षीय चतुरमान मोक्तान, अटोमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ की ४७ वर्षीया निर्मला तामाङ र सोही ठाउँकी ४७ वर्षीया माया तामाङ रहेका छन् ।
उनीहरुलाई बिहीबार जिल्ला अदालत मकवानपुरबाट लागूऔषध मुद्दामा म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ बैशाख २०७८, १४ : ०१
लेखकबाट थप