प्रदेश २ का चार प्रदेशसभा सदस्य पदमुक्त

सफल खबर संवाददाता

सोमबार, ३० चैत्र २०७७, १७ : २१
प्रदेश २ का चार प्रदेशसभा सदस्य पदमुक्त

जनकपुरधाम । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका प्रदेश २ का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् ।प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख सरोजकुमार यादवले रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीर पदमुक्त भएको जानकारी दिएका हुन् ।

त्यसअघि माओवादी केन्द्रले चारै जनालाई दलबाट निश्कासन गरेको जानकारी दिँदै राजनीतिक दलसम्बन्धी ऐन अनुसार गर्न आग्रह गरेको छ ।पदमुक्त हुनेमा तीन जना प्रत्यक्ष निर्वाचन हुन् भने एक समानुपातिक प्रदेशसभा सदस्य हुन् । समानुपातिक सदस्यको स्थानमा दलले नयाँँ पठाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस