हेटौंडामा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ३० चैत्र २०७७, १२ : १९
हेटौंडामा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

मकवानपुर । हेटौंडामा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ शान्तिचोकमा घरको बिजुलीको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर एक दम्पत्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षका समिर पाख्रिन र उनको श्रीमती ३० वर्षकी अन्शु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

बिजुलीको पोलबाट घरको मिटर बक्समा लागेको तार भुईंमा लत्रिएको र उक्त तारलाई व्यवस्थापन गर्न फलामको डन्डिले उठाउने क्रममा थ्री फेस लाइनमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका दुबैजनाको उपचारको क्रममा सोमबार बिहान ९ः१६ बजेको समयमा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रवक्ता रिमालले बताए ।

शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।