म्यानमार । सेनाका क्याप्टेनको सहयोगीलाई हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको सेनाको स्वामित्वमा रहेको म्यावाडी टेलिभिजनले शुक्रबार जानकारी दिएको छ । गत फेब्रुअरी १ मा भएको सैन्य कू पछि यस्तो सजाय सुनाइएको यो पहिलो पटक हो ।
समाचारमा गत मार्च २७ मा याङ्गोनको उत्तरी ओकालापा जिल्लामा उक्त हत्या भएको बताइएको छ । सो जिल्लामा फौजी कानुन लागू गर्दै कोर्ट मार्सललाई सजाय सुनाउने अधिकार दिइएको छ ।
जननिर्वाचित सरकारलाई अपदस्थ गरेका सैन्य नेतृत्वले जनताले शान्ति चाहेका कारण म्यानमारमा आन्दोलन मत्थर हुँदै गएको र आगामी २ वर्षभित्र ताजा निर्वाचन गरिने समेत जानकारी दिएको छ । सैन्य नेतृत्वले प्रजातन्त्र पुनर्बहालीका लागि समयसीमा दिएको यो पहिलो अवसर हो ।
हालसम्म म्यानमारमा आन्दोलन दबाउने क्रममा सुरक्षाकर्मीले ६ सयभन्दा बढीको हत्या गरिसकेको मानवअधिकारवादी संस्थाहरुले बताएका छन् । सेनाले हालसम्म २४८ जनाको मृत्यु भएको र प्रदर्शनका क्रममा स्वचालित हतियार प्रयोग नगरेको दाबी गरेको छ ।
द एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स समूहले बिहीबारसम्म ४८ बालबालिकासहित ६१४ जनाले ज्यान गुमाइसकेको बताएको छ । समूहका अनुसार २८ सयभन्दा बढी हिरासतमा रहेका छन् । (सीएनएन)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २८ चैत्र २०७७, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
बाढी र पहिरोका कारण म्यानमारमा २०० भन्दा धेरैको मृत्यु