माओवादीको कारबाहीबाट पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, सपथग्रहण आजै

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०७७, १३ : ००
माओवादीको कारबाहीबाट पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, सपथग्रहण आजै

काठमाडौं । नेकपा माओवादी केन्द्रको कारबाहीका कारण पदमुक्त भएका चार मन्त्रीको आजै पुर्ननियुक्ति र सपथ हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त भएका चारै जनालाई पुर्ननियुक्ति गर्न लागेका हुन्।

उनीहरुको दिउँसो ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो।प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइएको हो।

६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउँछन्। उपचुनावमा उनीहरु एमालेबाट उम्मेदवार बन्ने निश्चित नै छ।

प्रतिक्रिया दिनुहोस