प्रतिनिधिसभा बैठकको कार्यसूचीमा हेरफेर, सूचना प्रविधि सम्बन्धी विधेयक पेश नहुने

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०७७, १३ : ०९
प्रतिनिधिसभा बैठकको कार्यसूचीमा हेरफेर, सूचना प्रविधि सम्बन्धी विधेयक पेश नहुने

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक केही बेरमा बस्दैछ। यसअघि बैठकमा बहुचर्चित सूचना प्रविधि सम्बन्धी विधेयक पनि पेश हुने कार्यसूची राखिएको भए पनि अन्तिम समयमा आएर त्यसमा हेरफेर गरिएको छ।

यसअघि विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले बैठकमा ‘सूचना प्रविधि सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७’ पेशगर्ने कार्यसूची थियो। कतिपयले यो विधेयकले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने भन्दै विरोध गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस