लुम्बिनी प्रदेशका माओवादी केन्द्रबाट चुनाव जितेका २ सांसद पदमुक्त

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, १६ : ४३
लुम्बिनी प्रदेशका माओवादी केन्द्रबाट चुनाव जितेका २ सांसद पदमुक्त

लुम्बिनी । नेकपा एमालेमा लागेपछि नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका लुम्बिनी प्रदेशका २ सांसदलाई पदमुक्त गरिएको छ । प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका हुन् । 

न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य थिए। प्रदेश सभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।

उनीहरुलाई  एमालेमा लागेपछि माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधको थियो । तर कुनै जवाफ  नफर्काएपछि पार्टीले  संसदमा  पत्राचार  गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस