माओवादीले गर्‍यो ४ सांसदको पद निलम्बन , संसद सचिवालयमा पत्र दर्ता

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, १५ : २९
माओवादीले गर्‍यो ४ सांसदको पद निलम्बन , संसद सचिवालयमा  पत्र दर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रले  प्रतिनिधिसभामा विजयी ४ सांसदको पद निलम्बन गरेको छ ।  निलम्बन  पत्र मंगलबार माओवादीले संसद सचिवालयमा दर्ता गराएको प्रमुख सचेतक देव गुरुङले  जानकारी गराए । 

गुरुङले सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको जानकारी दिए । 

चारै सांसद केपी ओली सरकारमा मन्त्री रहेका छन् । उनीहरु माओवादी छाडेर केही समय पहिले ओली नेतृत्वको एमालेमा लागेका थिए भने पार्टीले स्पष्टीकरण सोध्दा समेत उनीहरुले जवाफ दिएका थिएनन् । मन्त्री रामबहादुर थापा बादलबारे कारबाही गरेको पत्र भने माओवादीले सचिवालयमा दर्ता गराइसकेको छैन । 

प्रतिक्रिया दिनुहोस