कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पद धरापमा

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, १४ : ०९
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पद धरापमा

काठमाडौं । एमालेका तीन जना मन्त्रीहरुले राजिनामा दिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ । तीनै जना मन्त्रीहरुले केहीबेर अघि मात्रै शाही समक्ष राजिनामा बुझाएका हुन् । 

राजिनामा बुझाएसँगै उनीहरु गाडि छाडेर पैदल हिडेर एमालेको संसदीय दलको बैठकमा सहभागि हुने भएका हुन् । राजीनामा बुझाएपछि उनीहरूले मन्त्रीका हैसियतले पाएको सेवा सुविधा पनि त्यागेका छन् ।

प्रतिक्रिया दिनुहोस