खनाल–नेपाल समूहद्वारा बागमती प्रदेश समानान्तर कमिटी घोषणा

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, १३ : ००
खनाल–नेपाल समूहद्वारा बागमती प्रदेश समानान्तर कमिटी घोषणा

काठमाडौं । एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो । 

जसको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् भने सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् । 

प्रतिक्रिया दिनुहोस