कर्णालीका सामाजिक विकास मन्त्री मन्त्रालयबाट भए विदा

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, १२ : २८
कर्णालीका सामाजिक विकास मन्त्री मन्त्रालयबाट भए विदा

सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले मन्त्रालयबाट विदा लिएका छन् ।  पार्टीको निर्णय अनुसारनै उनले राजीनामा दिनेगरी मन्त्रालयबाट विदा  लिएका हुन् ।  

उनीसहितका मन्त्री हरु अर्थमन्त्री प्रकाश ज्वाला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आजै संयुक्त रुपमा मन्त्री पदबाट राजीनामा दिन लागेका छन् । त्यसका लागि अर्थ मन्त्रालयमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस