काठमाडौँ । कुवेतमा एनआरएन पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको संलग्नतामा दर्जनौँ नेपालीमाथि नक्कली टिकट बनाएर ठगी गरेको आरोप लागेको छ । संलग्नता पुष्टि भएपछि कुँवरलाई एनआरएन पोर्चुगलका कोषाध्यक्षबाट निलम्बन समेत गरिएको छ ।
नेपाल फर्कन पोर्चुगलको लिस्वन एयरपोर्ट पुगेका दर्जनौँ नेपाली नक्कली टिकटका कारण स्वदेश फर्कन नपाएपछि यस्तो रहस्य सार्वजनिक भएको हो । लगेजसहित उत्साहित भएर विमानस्थल पुगेका नेपालीहरू बोर्डिङ पासका लागि टर्किस एयरको काउन्टरमा पुग्दा टिकट नक्कली भएको भन्दै फर्काइएको भक्तपुरका विजय धिमालले बताए ।
धिमालसहितका ११ जनाले प्रति व्यक्ति ६२० युरो अर्थात् नेपाली लगभग ७० हजार रुपैयाँ तिरेर टर्किस एयरलाइन्सको टिकट काटेको खुलेको छ । उनीहरू सोमबार स्थानीय समयानुसार ११ः५ को उडानमा नेपाल फर्कने तयारीमा थिए । तर, विमानस्थलको काउन्टरमा पुगेपछि टिकट देखाउँदा नक्कली टिकट भएको भन्दै आफूलाई बोर्डिङ पास नदिइएको उनले गुनासो गरे ।
पोर्चुगलको प्रहरीले नक्कली टिकट जारी गरेर दर्जनौं नेपालीलाई एयरपोर्टमा अलपत्र पार्ने लक्ष्मी ट्राभल्समा छापा पनि मारेको छ । प्रहरीले सो ट्राभल्सका सञ्चालक कुँवरसहित अन्य कागजात जफत गरेको छ ।
तर, कुँवर र ट्राभल्सका कर्मचारी सम्पर्कमा नआएपछि टिकट गरेका तथा त्यहीबाट रेमिट्यान्स रकम पठाएका नेपालीहरू चिन्तित बनेका छन् ्र सोलु घर भएकी सोनु शेर्पा अब कहाँ बस्ने र के गर्ने भन्ने चिन्ताले सताएको बताउँछिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ चैत्र २०७७, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको आरोपमा २ जना पक्राउ
अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
पोर्चुगल र जापान पठाइदिने बहानामा ठगी गरेको अभियोगमा दुई जना पक्राउ
युके पठाइदिने भन्दै साढे ३७ लाख ठगी
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ