काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमार हिंसाप्रति नेपाल सरकारको गहिरो चिन्ता र चासो रहेको बताएका छन।प्रतिनिधिसभामा विभिन्न सांसदहरुले उठाएको प्रश्नको सोमबार जवाफ दिँदै उनले भने , म्यानमारको पछिल्लो विकसित घटनाका सन्दर्भमा नेपाल सरकारको गहिरो चिन्ता र चासो रहँदै आएको छ।’
शान्तिपूर्ण प्रदर्शनमा पनि धेरै नागरिकको ज्यान गएको आफूहरुले देखेको भन्दै मन्त्री ज्ञवालीले त्यसविरुद्ध संयुक्त राष्ट्रसंघले पारित गरेको ‘रिजुलोसन’मा समेत नेपालले सर्मथन जनाएको बताए।
नागरिक नेताहरुलाई हिरासतमा लिने सैनिक सरकाको कदमबारे सरकारले तत्कालै विज्ञप्ति निकाले विरोध समेत जनाए।नेपालको विदेश नीतिको आधारभूत पक्ष मानवअधिकार र लोकतन्त्र भएको भन्दै उनले सरकारले जुनसुकै हिंसाको विरोध गर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०७७, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउँदैन : प्रदीप ज्ञवाली
विद्या भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउने कुनै तयारी छैन : उपमहासचिव ज्ञवाली
बीआरआईलाई धेरै गिजोलेर ऋण भर्सेस अनुदानको बहस गर्न हुँदैन : प्रदीप ज्ञवाली
प्रदीप ज्ञवालीको आरोप : १० वर्षे द्वन्द्वका कारण देशको मूल्यवान् समय खेर गयो
यो गठबन्धनलाई टिकाउने चुनौती छ : प्रदीप ज्ञवाली
सत्ता गठबन्धन भत्काउने काँग्रेसको प्रयास अनुचित : प्रदीप ज्ञवाली