सुदूरपश्चिममा माधव समूहको बैठक, २८ फागुनको निर्णय नमान्ने  जिकिर

सफल खबर संवाददाता

सोमबार, २३ चैत्र २०७७, १४ : ०६
सुदूरपश्चिममा माधव समूहको बैठक, २८ फागुनको निर्णय नमान्ने  जिकिर

file-photo

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव समूहको प्रदेश कमिटी बैठक बसेको छ । नेता भीम रावलको नेतृत्वमा सोमबार प्रदेश पार्टी कार्यालय बैठक बसेको हो ।

बैठकमा नेपाल समूहका नेता रावलसहित, प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावललगायत उपस्थित छन् ।प्रदेशको विस्तारित बैठकमा नेपाल समूहका केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू पनि छन् ।

एमालेलाई बलियो बनाउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको प्रदेश कमिटी सदस्य दिनेशचन्द्र सुवेदीले बताए ।एमाले पूर्ववत् अवस्थामा फर्किएपछि तत्कालीन कमिटीलाई चलायमान गराउन बैठक आह्वान गरिएको भनिएको छ ।

‘प्रधानमन्त्री ओलीले एकपक्षीय रूपमा गरेको कारबाहीलाई हामी मान्दैनौँ’ प्रदेश कमिटिका एक सदस्यले भने ‘अधिवेशन र महाधिवेसबाट आएका सदस्य र पदाधिकारी नै आधिकारिक हुन् ।’प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता रावललाई अहिले ६ महिनाको लागि निलम्बन गरेका छन् ।

सुदूरपश्चिम इन्चार्ज समेत रहेका रावललाई २८ फागुनमा हटाएर लेखराज भट्टलाई सो जिम्मेवारी दिएका थिए । सोमबारको बैठकमा कारबाहीमा परेका पदाधिकारी तथा सदस्यहरूको पनि उपस्थिति छ ।उनीहरूले २८ फागुनको निर्णय समेत नमान्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस