प्रधानमन्त्री ओलीलाई शिलान्यासको रहर लागेको छ : भरतकुमार साह

सफल खबर संवाददाता

सोमबार, २३ चैत्र २०७७, १३ : ५३
प्रधानमन्त्री ओलीलाई शिलान्यासको रहर लागेको छ :  भरतकुमार साह

काठमाडौ । काँग्रेस सांसद भरतकुमार साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिलान्यासको रहर लागेको बताएका छन् । उनले हालै डीपीआरविनै १६५ वटा सडकको शिलान्यास गरेको भन्दै प्रधानमन्त्रीलाई शिलान्यासको रहर नै भए एकैपटक रेडबुक नै शिलान्यास गर्न सुझाव दिएका हुन् ।

सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद साहले भने, ‘प्रधानमन्त्रीले भर्खरै १६५ वटा रणनैतिक सडकको शिलान्यास गर्नुभएको छ । ती सडकको न एलाइनमेन्ट भएको छ ।

न डीपीआर भएको छ । यदि शिलान्यासको रहर नै हो भने रेडबुक एकैचोटी गर्दिए भइहाल्यो नि १’ भनेर व्यङ्ग्य गरे ।  साथै उनले लुम्बिनीमा आगलागीबाट क्षति व्यहोरेकाहरुलाई तत्काल क्षतिपूर्ति दिन माग गरे ।

प्रतिक्रिया दिनुहोस