संघीय निजामती विधेयक संसदमा पेस हुँदै

सफल खबर संवाददाता

सोमबार, २३ चैत्र २०७७, १२ : १४
संघीय निजामती विधेयक संसदमा पेस हुँदै

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेस हुने भएको छ ।

९ महिनाअघि १५ असार २०७७ मा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट यो विधेयक बहुमतका आधारमा पारित भएको थियो ।
समितिबाट पारित भएको ९ महिनापछि सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले संघीय निजामती सम्बन्धी समितिको प्रतिवेदन पेस गर्न लागेकी हुन् ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा समितिको प्रतिवेदन पेस हुने उल्लेख छ । यो कार्यसूची हेरफेर नहुने सभामुखको सचिलायले जनाएको छ ।

यस्तै, सोमबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पेस र सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेस गर्ने पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस