राष्ट्रपति भण्डारीको शपथबिरुद्ध सर्वोंच्चमा रिट

बुधबार, १४ चैत्र २०७४, १८ : ०७
राष्ट्रपति भण्डारीको शपथबिरुद्ध सर्वोंच्चमा रिट

फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकालको शपथ अवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा बुधबार रिट दायर भएको छ ।
राष्ट्रपतिको दोस्रो कार्यकालका लागि भण्डारीले साउनमा पदावदी सकिएको भनिएका प्रधानन्यायाधि गोपाल पराजुलीबाट लिएको शपथ अवैधानिक भएको दाबी गर्दै अधिवक्ता नारायण खरेल र हेममणि सुवेदीले सर्वोच्चमा गएको चैत्र ४ गते दायर गरेको रिट यसअधि दरपीट भएको थियो ।
राष्ट्रपति भण्डारीलाई सपथ गराउने दिन फागुन २९ बिहान नै पराजुलीको साउन २१ यताको पदावधि अवैधानिक भएको भन्दै न्यायपरिषद्ले पदमा नरहेको भनी पत्र पठाएको थियो। यद्यपि, राष्ट्रपति भण्डारीले सोही दिन सपथ लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस